२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वकप्तान हरि खड्का र अग्रज प्रशिक्षक मामा सम्मानित


बिर्तामोड, असोज २६ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्का गृहजिल्ला झापामा सम्मानित भएका छन् ।

झापा चारपानेको एकता स्पोर्टिङ क्लबको आयोजनामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको अवसरमा पूर्वकप्तान खड्का र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालाई आज सम्मान गरिएको हो ।

क्लबका अध्यक्ष किरण पौडेलका अनुसार नेपाली फुटबलमा खड्का र आलेले पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, क्लबका अध्यक्ष पौडेल लगायतले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

राष्ट्रिय टिमबाट सर्वाधिक १३ गोल गरेका झापा भद्रपुरका खड्का हाल अखिल नेपाल फुटबल संघका टेक्निकल डाइरेक्टर छन् । अर्जुनधारा निवासी मामा अग्रज फुटबल प्रशिक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer