२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांकमा खसेर निधन भएका बालकको परिवारले पायो जीवन बीमाको रकम


मेचीनगर, असोज २७ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर निधन भएका तान्छोक्पा हाङ्ग सुब्बाको परिवारले जीवन बीमाबापतको रकम पाएको छ ।

सुब्बाको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्षअघि सात लाख रुपैयाँ बीमांकको बाल सावधिक जीवन बीमा गरिएको थियो । ८ वर्षीय सुब्बाको असार २६ गते बिहान १०ः३० बजे उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।

सुब्बाको परिवारलाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृत्यु दाबी भुक्तानीबापत ८ लाख १२ हजार ७ सात सय रुपैयाँ प्रदान गरेको छ ।

शुक्रबार कम्पनीले मृतकको मेचीनगर १० धुलाबारीस्थित मृतकको घरैमा आमा मेरिना लिम्बूलाई सो रकम भुक्तानी गरेको हो ।

कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारी तथा मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले मृतककी आमा मेरिनालाई चेक हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer