२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्सको समापन


बिर्तामोड, असोज २७ । फुटबल खेलमा प्रशिक्षक बन्न इच्छुक युवाहरुलाई लक्षित गरी झापामा बुधबारदेखि सुरु एन्फा कम्युनिटी कोचिङ कोर्सको समापन गरिएको छ ।

झापा जिल्ला फुटबल संघ र एन्फाको संयुक्त आयोजनामा अर्जुनधारा-९ स्थित खरबन्दी खेलमैदान र सुखानी सहिद स्मृति पार्कको हलमा कोर्सको समापन गरिएको हो ।

नेपाली फुटबलको विकासमा टेवा पुर्याउँदै योग्य खेलाडी र असल प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कोर्सको आयोजना गरिएको संघका झापा अध्यक्ष भगिरथ आले मामाले बताए ।

उनका अनुसार बालबालिकालाई फुटबलप्रति प्रेरित गर्न पनि कोचिङ कोर्स प्रभावकारी हुनेछ । उनले यस कोर्स लिएको एक वर्षपछि एन्फाको सी लाइसेन्स कोर्स लिन सकिने पनि जानकारी गराए ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कोर्समा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनुषा, चितवन र सशस्त्र प्रहरी बलका ४२ जना सहभागी छन् ।

जसमा ३ जना महिला रहेको संघका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए । चार दिने कोर्समा एन्फाका हेड अफ कोच एजुकेसन सञ्जीत सिंह र एक्टिङ टेक्निकल डाइरेक्टर हरि खड्काले सहजीकरण गरेका थिए ।

यसअघि पनि झापा जिल्ला फुटबल संघले चार वर्षअघि कोचिङ कोर्सको आयोजना गरेको संघका कोषाध्यक्ष भेषराज लिम्बूले बताए । उनका अनुसार उक्त कोर्समा ३३ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer