२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श स्कुलद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत, अग्रज शिक्षक श्रेष्ठलाई सम्मान


बिर्तामोड, कात्तिक १ । बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा दसैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

झापाका विद्यार्थीमाझ रचनात्मक र पृथक कार्यक्रम गर्दै स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा झापामै अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान गरेको छ ।

श्रेष्ठलाई दोसल्ला, मेडल र सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानित श्रेष्ठ होटेल व्यावस्थापन संकायका झापामा अग्रिणी शिक्षक मानिन्छन् ।

दसैँ विशेष तथा कक्षा ११ का विद्यार्थीलाई उक्त अवसरमा विभिन्न विधामा अग्रता हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

स्कुलका संस्थापक तथा डाइरेक्टर सञ्जोग खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलकी एकेडेमिक कोर्डिनेटर विजया भण्डारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा निदि क्याम्पसका प्रमुख रञ्जीत शाह, युवा होटल व्यावसायी शौरभ प्रसाईं तथा स्कुलका शिक्षकहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य, नाटकजस्ता प्रस्तुति दिएको स्कुलका आउटरिच कोर्डिनेटर दिपक दासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer