२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत


बिर्तामोड, कात्तिक ४ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् ।

संस्थाको माइन्युट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलाबारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।

सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टिका भट्टराई र सदस्य सेवा केन्द्र चैतुबारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् ।

उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer