२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-७ को टोल विकासको उपाधि सिरिजङ्गालाई


बिर्तामोड, कात्तिक ५ । झापा बिर्तामोड-७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिता फाइनल सिरिजङ्गा टोल विकास संस्थाले जितेको छ ।

साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिरिजङ्गा टोल विकास संस्थाले सीताराम टोल विकास संस्थालाई हराउँदै उपाधि जितेको हो ।

छिमेकी युवा संस्थाले आयोजना गरेको प्रथम वडा टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा सिरिजङ्गाले सीताराम टोललाई ३–० को गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान भौतिक विकास पूर्वधारमन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्णप्रसाद खरेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), सदस्य विराज केदेम लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।

बिर्तामोड-७ मा २४ वटा टोल संस्थाहरु रहेकोमा १४ वटा टोलले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रम सुजितसिंह कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer