२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीकाे सिमलचोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु


बिर्तामोड, कात्तिक ६ । झापाको बाह्रदशी गाउँपालिका ६ सिमलचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।

पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. ११ प ६२२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–०१४ प ७६४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । घटनामा चालक कृष्ण थापाको मृत्यु भएको हो ।

आइतबार साँझ करिब ६ बजे भएको सो दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer