२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाकी मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १५ मा


बिर्तामोड, कात्तिक ८ । भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुर र उच्च तहको स्वरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् ।

भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा फेरि दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरुले पौडेललाई टप १५ मा छनोट गरे ।

नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । जजहरु भावुक मात्र होइन मेनुकाको गायकी सुनेर आश्चर्यचकित हुने गरेका छन् ।

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’ को बोलको शास्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् ।

झापा जलथलमा जन्मिएकी २५ वर्षीया मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer