२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ठाउँ अभावमा संकटमा आदिवासी दसैँ मेला संस्कृति


बिर्तामोड, कात्तिक ८ । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित बन्दै गएको छ ।

दसैँ मेला लाग्ने झापाको गरामनी, बिर्ताबजार, राजगढ, घैलाडुब्बा, भद्रपुर, चकचकी फूलबारी, झापा बजार, कामाटोली, शरणामती, अर्जुनधाराको बैसाबाडी, शनिश्चरे, चारआलीलगायतका अधिकांश ठाउँलाई अतिक्रमण गरिएको हो ।

मेला लाग्दै आएको विद्यालयका खेलमैदान, ऐलानी, पर्ती जग्गा मासिएको छ । परापूर्वकालदेखि दसैँमा लाग्दै आएको मेलाहरूलाई विस्थापित गर्न खोजेपछि मेला भरेर दसैँ मान्दै आएका आदिवासीहरूको मेला संस्कृति संकटमा परेको हो ।

दसैँको महानवमीको दिनदेखि गरामनीबाट सुरु हुने मेला एक सातासम्म विभिन्न ठाउँमा लाग्ने गरेको थियो । मेलामा रमाइलो गरेर उनीहरूले दसैँ मान्ने गरेका थिए ।

बढ्दो सहरीकरणसँगै आदिवासीहरूको मेला संस्कृतिको महत्व नबुझिदिँदा दसैँ मेलाहरू संकटमा परेको आदिवासी नेता त्रिनारायण राजवंशी गुनासो गर्छन् । अहिलेको जस्तो होहल्ला र ठेलामठेल मेलामा हुने नगरेको उनले बताए । मेला भर्नकै लागि आदिवासीहरूले दसैँमा नयाँ लुगा किन्ने गरेका छन् ।

उहिले यातायातका साधन नभएको बेला सम्पनी गाडा (सजिसजाउ पारिएको गोरु गाडा) मा चढेर सपरिवार मेला भर्न गएको र मेलामा धक्रा झालङ (झल्ला र तन्ना)मा बसेर घुम्नी मुरी (चना मुरै) र जुलपी खाएको सम्झना उनमा अझै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer