२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपाल साकोसको बाह्य ऋण शून्य, बचतमा वृद्धि


बिर्तामोड, कात्तिक ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बाह्य ऋण शून्य भएको छ ।

संस्थाले जारी गरेको असोज महिनाको संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य भएको हो । संस्थाले भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

यसअघि साउन महिनाको विवरणअनुसार सहाराको बाह्य ऋण १ दशमलव ६३ प्रतिशत रहेको थियो । संस्थाको २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको थियो ।

यसैबीच, संस्थाको कुल बचतमा वृद्धि भएको छ । साउनमा कुल बचत ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ रहेकोमा असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड ५१ लाख एक हजार ८१४ रुपैयाँ पुगेको छ ।

संस्थाको लगानी ११ अर्ब ७३ लाख ७३ हजार ३९ रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब ६५ करोड ५७ लाख ४५ हजार ९०० रुपैयाँ शेयर पुँजी संकलन गरेको जनाएको छ ।

१ अर्ब २७ करोड ३३ लाख ४५ हजार ८६३ रुपैयाँ कुल संस्थागत पुँजी तथा १५ अर्ब ३२ करोड ६५ लाख ९२ हजार ८७९ रुपैयाँ कुल सम्पत्ति रहेको गिरीले जानकारी दिए ।

संस्थाले प्रकाशन गरेको असोजको विवरणअनुसार जगेडा कोषमा १ अर्ब २३ करोड ६३ लाख ८९ हजार ४९० रुपैयाँ तथा ४४ करोड ८७ लाख २० हजार ६१९ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा असोज मसान्तसम्म २७.१७ प्रतिशत अर्थात ३ अर्ब ९ करोड ३५ लाख ७६ हजार ९१३ रुपैयाँ तरलता रहेको छ । १ लाख ५७ हजार ९२० जना सदस्य रहेको संस्थामा ७४ हजार १२३ जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer