२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सरकारी वकिलको कार दुर्घटनामा


बिर्तामोड, कात्तिक ८ । झापा जिल्ला अदालतको कार आज बिहान दुर्घटनामा परको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

झापाका सरकारी वकिलको सो गाडी बरबोटे गैरीगाउँ सडक खण्डमा दुर्घटनामा परेको थियो । बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा. २ झ २६७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफैँ पछाडि सरेर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ । कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer