२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

३ महिनामा रोजगारीका लागि विदेशिए १ लाख ६२ हजार युवा


फाइल तस्वीर

बिर्तामोड, कात्तिक १० । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट अन्तिम श्रम स्वीकृत लिनेको संख्या १ लाख ६२ हजार ३ सय ९४ रहेको छ । म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको संख्या ८७ हजार ७ सय ६३ रहेको छ ।

साउन, भदौ र असोजमा रोजगारीका लागि विदेश जानेको संख्या गत आर्थिक वर्ष २०७९/०८० को सोही अविधिको भन्दा कम हो । गत वर्ष साउनदेखि असोजसम्ममा २ लाख २ हजार १४८ जना युवा रोजगारीका लागि विदेश गएका थिए ।

गत वर्षको भन्दा चालु वर्षको ३ महिनामा विदेश जानेको संख्या ३९ हजार ७ सय ५४ ले कम हो । ३ महिनामा नेपाल आएर पुनः रोजगारीका लागि नै विदेश फर्कनेको संख्या भने ४९ हजार २ सय ९७ जना रहेको छ । व्यक्तिगत भिसा र जिटुजीमार्फत रोजगारीका लागि जानेको संख्या भने २५ हजार ३ सय ३४ रहेको छ ।

चालु वर्षको ३ महिनमा वैदेशिक रोजगारीमा जाने कामदारमध्ये २१ हजार २ सय ४९ जना महिला कामदार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer