२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्जमा मोटरसाइकल आपसमा जुद्धा एकजनाको मृत्यु


दमक, कात्तिक ११ । झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेतिर सो ठाउँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को. २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै उनलाई दमकको निम्स हस्पिटलमा ल्याइएको थियो । उनलाई अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक ३२ वर्षीय तुलसी ताजपुरिया सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer