२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

स्कुटर दुर्घटनामा घाइते अर्जुनधाराकी खतिवडाको मृत्यु


बिर्तामोड, कात्तिक ११ । स्कुटर दुर्घटनामा गत साता घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ३ की ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरुलाई बिर्तासिटी हस्पिटल लगिएको थियो ।

घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १ः५० बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer