२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालद्वारा प्रधानाङ्गलाई एक लाख राशिको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’


बिर्तामोड, कात्तिक १२ । झापा चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडले अग्रज सहकारी अभियान्ता विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपालले यही कात्तिक १८ गते बिर्तामोडमा प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार प्रधानाङ्गलाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ पुरस्कारबाट सम्मानित गरिने भएको हो । पुरस्कारको राशि नगद १ लाख १ हजार रुपैयाँ रहेको छ ।

सहाराको साधारणसभाको बैठक माइन्युट प्रमाणीकरण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का पूर्वअध्यक्ष समेत रहेका प्रधानाङ्गलाई सम्मान गरिने गिरीले जानकारी दिए ।

लामो समयदेखि सहकारी प्रबर्द्धन र विकासमा सहयोग पुर्याएबापत सहकारी विज्ञ भक्तपुरका प्रधानाङ्गलाई सम्मान गर्न लागिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer