२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा ढुङ्गाना


बिर्तामोड, कात्तिक १२। अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना निवार्चित भएका छन् । झापा चन्द्रगढीका ढुङ्गाना अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् ।

त्यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् । बाह्रदशीका चौलागाईं कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला निर्वाचित भएका छन् उनी अष्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका छन् ।

त्यस्तै, उपाध्यक्षमा झापा गाउँपालिकाका चूडामणि कार्की निर्वाचित भएका छन् । उनी कतारमा बस्दै आएका छन् ।महिला उपाध्यक्षमा माल्टामा रहँदै आएकी शर्मिला बस्नेत चयन भएकी छन् ।

त्यस्तै, समाजको महासचिवमा नविन पोखरेल पुनः सर्वसम्मत भएका छन् । उनी यसअघि पनि महासचिव थिए । बाह्रदशीका पोखरेल कतारमा वैदेशिक रोजगार सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् ।समाजको सचिवमा साउदी अरेबियामा बस्दै आएका रविन गिरी चयन भएका छन् ।

त्यस्तै, ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भएका छन् ।

एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यमा साउदीबाट देवीबहादुर कार्की र कतारबाट उत्तम गुरुङ चयन भएका भएका छन् ।

बाँकी रहेका कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरु कार्यसमितिको बैठकले चयन गर्ने महासचिव पोखरेलले जानकारी दिए ।
समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा स्वागत उपाध्यक्ष दिपक चुडालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए ।

समाजको बिर्तामोडमा कात्तिक ११ गते सम्पन्न चौथो महाधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको हो । आज १२ गते बिर्तामोडमा भएको महाधिवेशनको खुलासत्रमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer