२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कार्की मृत्यु प्रकरणः कमल-६ का वडा अध्यक्षलाई पक्राउ गर्न माग, प्रहरी कार्यालयमा धर्ना


दमक, कात्तिक १३ । झुन्डिएर आत्महत्या गरेका भनिएका झापा कमल-६ का अनिल कार्कीका आफन्तले इलाका प्रहरी कार्यालय दमकअगाडि धर्ना दिइरहेका छन् ।

कार्की मृत्यु प्रकरणमा कमल-६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरी कार्यालयको गेटमा धर्ना दिएका हुन् । कार्कीलाई आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।

आफन्तहरुले कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईमाथि पनि आरोप लगाएका छन् । केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।

त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । घटनाका विषयमा बुझ्न खोज्दा भट्टराईको मोबाइल बन्द रहेको पाइयो ।

हिजो साँझ घरमै झुन्डिएको अवस्थामा कार्की फेलापरेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा खेमबहादुर बुढाथोकीले बताए ।

दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । कार्की ससुरालीछेउमा घर बनाएर बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer