२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ मा


बिर्तामोड, कात्तिक १४ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुने भएको छ । संघको आज बसेको बैठकले चुनावको मिति तय गरेको हो । संघको साधारणसभा भने यही कात्तिक १८ गते हुनेछ ।

संघमा फागुनसम्म छ हजार मतदाता रहने जनाइएको छ । हालको कार्यसमतिको निर्वाचनमा ८४ दशमलव ८ प्रतिशत मतदाताले मतदान गरेका थिए । अर्थात ३ हजार ८४९ मत खसेको थियो । संघमा कुल मतदाता संख्या ४ हजार ५३९ रहेका थिए । १२ मत पूर्वअध्यक्षहरुको रहेको छ ।

अघिल्लो चुनावमा हालका अध्यक्ष प्रकाश शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सुवास भट्टराईले एक हजार ६१५ मत पाएका थिए ।

फागुन १४ मा हुने चुनावमा अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली र सचिव कृष्ण पौडेलको चर्चा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer