२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सर्बियन गोलरक्षक कुपिज झापा एफसीमा अनुबन्धित


बिर्तामोड, कात्तिक १५ । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि झापा एफसीसँग अनुबन्धित भएका छन् ।

झापा एफसीका लागि पहिलो विदेशी खेलाडीको रूपमा कुपिज अनुबन्धित भएका हुन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो ।

सर्बियाको यु–१७, यु–१९, यु–२१, यु–२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालपफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव छ ।

२९ वर्षीय सर्बियन गोलकिपर कुपिजको एसियन फुटबलमा पहिलो अनुभव हुनेछ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी रहेको र आफूले यसलाई चुनौतीको रूपमा पनि लिएको उनले बताए ।

‘युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । उनको आगमनले टिममा छुट्टै ऊर्जा मिल्ने आशा लिगेका छौँ । उनको अनुभव टिमको लागि महत्वपूर्ण हनेछ’, झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले भने ।

नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेको र उनको आगमनले टिम बलियो भएको दाबी गर्दै उनीसँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउने हुँदा नेपाली फुटबलको उचाइ बढ्ने झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काको दाबी छ ।

झापा एफसीलाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनीय भूमिका खेल्ने विश्वास लिएको बताउँदै उनले स्टेफनलाई अनुबन्ध गराउनुको कारण खुलाए । झापा एफसीले यसअघि मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैछ । झापा एफसी दोस्रो संस्करणको लागि थपिएको ३ नयाँ टोलीमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer