२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विराट बहुउद्देश्यीयको नाफा ६१ लाख, प्रसाईंलाई पर्शुराम सिटौला स्मृति पुरस्कार


बिर्तामोड, कात्तिक १५ । बिर्तामोड–३ मा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष समाजसेवी डिल्ली प्रसाईंलाई प्रदान गर्ने भएको छ ।

संस्थाको १८ औँ वार्षिक साधारणसभामा विराट भरत विश्रान्तिका अध्यक्षसमेत रहेका प्रसाईंलाई ११ हजार १११ रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय भएको सहकारीका प्रबन्धक रुद्रप्रसाद सिटौलाले झापा टुडेलाई बताए ।

त्यस्तै, संस्थाले उत्कृष्ट बचतकर्ता द्रौपदाकुमारी गणेश, उत्कष्ट ऋणी अमिता ढुंगाना र उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि छत्र तिम्सिनालाई सम्मान गर्ने निर्णय भएको उनले जानकारी दिए ।

संस्थाले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, उपसमिति एवम अग्रज शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो ।

संस्थाको १८ औँ वार्षिक साधारणसभा यही कात्तिक १७ गते शुक्रबार अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारको प्रांगणमा हुने भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको थियो ।

संस्था स्थापनाको १८ औँ वर्षसम्म आइपुग्दा विराटमा कुल ३ हजार ५३८ जना शेयर सदस्यहरुले कारोबार गरिरहेका छन् । संस्थाको शेयर पुँजी ६ करोड ४२ लाख ६६ हजार १०० रुपैयाँ रहेको छ ।

४७ करोड ८८ लाख २९ हजार ३४ रुपैयाँ वासलात रहेको संस्थाले यस वर्ष ६१ लाख ३६ हजार ८३४ रुपैयाँ खुद नाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer