२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाललाई ओमानको १४६ रनको लक्ष्य


बिर्तामोड, कात्तिक १६ । ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई समूह ए को विजेता बन्न १४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो । ओमानका जिसान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए ।

नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर करण केसीको पाँचौँ बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए ।

सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए ।

सोमपालले छैटौँ ओभरको तेस्रो बलमा सोएब खानलाई बोल्ड गर्दै ५० औँ विकेट पूरा गरेका थिए । सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनास बोहोरापछि टि२० आइमा ५० औँ विकेट पूरा गर्ने चौथो बलर हुन् ।

गुलसन झाको पाँचौँ ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जिसीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए ।

पाँचौँ विकेटका लागि आएन खान र जिसान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबिडब्ल्यु आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए ।

अभिनास बोहोराको १५ औँ ओभरको चौथो बलमा जिसान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलसन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer