२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बालिका बलात्कार गर्ने हल्दिबारीका श्रेष्ठ पक्राउ


बिर्तामोड, कात्तिक १६ । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकालाई सोमबार राति घरमा कोही नभएको मौका छोपेर श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer