२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन


बिर्तामोड, कात्तिक १८ । पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील बनाउने उद्देश्यका साथ होटल संघ पोखराले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको छ ।

झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायत अभियान्ताहरुले ‘जाउँ है पोखरा’ को औचित्यमाथि प्रकाश पारेका थिए ।

आज बिर्तामोडको सिपी होटलमा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिन कार्यक्रम गरिएको जानकारी दिए ।

अन्तरक्रियामा अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराएका थिए । संघले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उनले बताए ।

अभियानको टोलीलाई नाटा कोशी प्रदेशले स्वागत गरेको थियो । अभियानले देशैभरि नेपालीलाई घुम्ने बानीको विकासमा सघाउ पुगेकाले कार्यक्रमलाई निरन्तरता दिएको सुवेदीले बताएका छन् ।

पोखरा महानगरपालिकाको प्रवर्द्धनमा अभियानले पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउन सहकार्यका लागि आएको बताइएको छ । कोभिङ–१९ बाट थलापरेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य पनि अभियानको रहेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आएको र आगामी मंसिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस गर्न लागेको जानकारीसमेत जानकारी गराइएको छ ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा नाटा कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष शेखर ढकाल, होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, नाटा कोशी प्रदेश महासचिव नविन खरेल लगायतले समन्वय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer