२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चारआलीका सैनिक सिपाही गणभित्रै झुन्डिएको अवस्थामा फेला


बिर्तामोड, कात्तिक १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणका एकजना सैनिक सिपाहीले झुन्डिएर आत्महत्या गरेका छन् ।

गणका सैनिक सिपाही २१ वर्षीय गौरव रिजाल ब्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी पाँचथर फाल्गुनन्द गाउँपालिका निवासी हुन् । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी स्रोतले जनाएको छ ।

हालै मात्र ९ महिने तालिम सकेर आएका उनी हिजै मात्र घर विदाबाट गणमा हाजिर हुन आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer