२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डियन आइडलमा मेनुकाको दमदार प्रस्तुति कायमै, भक्कानिए बलिउड निर्देशक महेश भट्ट


बिर्तामोड, कात्तिक १९ । चर्चित रियालिटी शो इन्डियन आइडलमा धमाका मच्चाइरहेकी झापा जलथलकी गायिका मेनुका पौडेलको दमदार प्रस्तुति सुनेर बलिउड निर्देशक महेश भट्ट पनि भक्कानिएका छन् ।

भटट्ले आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए । मेनुकाको गायिकी सुनेर प्रशंसा गर्दै भट्टले भने, ‘मलाई आज यकिन भएको छ कि एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईंले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’

पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे ।

जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । नेपाली गायिका पौडेलले यतिबेला इन्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । सुरुदेखि नै उनको प्रस्तुतिले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । सुरुमै उनले गोल्डेन माइक समेत जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer