२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बहुविवाह मुद्दाका फरार सुरुंगाका अधिकारी जेल चलान


बिर्तामोड, कात्तिक १९ । बहुविवाह मुद्दामा सजाय तोकिएका झापा सुरुंगाका एकजना पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतले २०६७ भदौ ६ गते फैसला गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत इलामले २०७१ माघ २७ गते फैसला सदर गर्ने गरेपछि कनकाई ३ का ४२ वर्षीय हरि भन्ने प्रेमप्रसाद अधिकारी फरार रहेका थिए ।

झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार अधिकारीलाई हिजो पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो ।

झापा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय झापा पठाइएको छ । अधिारीलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer