२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा विद्युतीय चुलो वितरण सुरु


भद्रपुर, कात्तिक २० । सरकारले वैकल्पिक ऊर्जा शीर्षकमा पठाएको बजेटबाट भद्रपुर नगरपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण सुरु गरेको हो ।

नगरपालिकाले १ नम्बर वडा कार्यालयबाट चुलो वितरणको आरम्भ गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच १६ जनालाई विद्युतीय चुलो वितरण गरिएको जनाइएको छ ।

उनीहरूलाई नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले वितरण गरेका थिए ।

एकल महिला, सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने लगायतको नीति बनाएर वैकल्पिक ऊर्जाबापत यसपटक विद्युतीय चुलो वितरण सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी दिए ।

नगर क्षेत्रका १० वटै वडाबाट १६/१६ जनाको दरले १६० जनालाई विद्युतीय चुलो वितरण गर्न लागिएको उनले बताए । विद्युतीय चुलोको लागि सरकारले ६ लाख रुपैयाँ बजेट पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer