२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अलैँची निर्यात ५६ प्रतिशतले बढ्यो


बिर्तामोड, कात्तिक २१ । चालु आर्थिक वर्षको साउन भदौ र असोज तीन महिनामा अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची निर्यात ५६ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपैयाँको निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपैयाँको अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कारोबार केन्द्र झापाको बिर्तामोड हो ।

अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत वृद्धि हुने गर्छ । अलैँची औषधि, मसलाका रूपमा प्रयोग हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer