२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका कलबलगुडीका कर्मचारी भण्डारीलाई सफाइ


बिर्तामोड, कात्तिक २२ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ ।

मङ्गलबार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएकोमा अदालतले सफाइ दिइएको हो ।

२०७९ असार ३ मा अख्तियारले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

२०७३ असोज २१ मा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले साउन २०७७ देखि लागु हुनेगरी स्वेच्छिक अवकाश लिएका थिए । उनले सरकारी सेवा सुरु गरेदेखि २०७८ पुससम्म आर्जन गरेको सम्पत्तिलाई गणना गरी मुद्दा चलाइएको थियो ।

अख्तियारले भण्डारीको कुल आय २६ लाख ६१ हजार रुपैयाँ हुनुपर्नेमा त्यसभन्दा निकै बढी सम्पत्ति आर्जन तथा लगानी रहेको दाबी गरेको थियो । साढे ६ करोड रुपैयाँभन्दा बढीको व्यय र सम्पत्ति देखिएपछि भण्डारीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएकोमा विशेषले अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer