२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

युथ अफ बिर्तामोडको अगुवाइमा सडक कुकुरलाई खाना


बिर्तामोड, कात्तिक २६ । झापा बिर्तामोडमा स्थानीय युवाहरुले कुकुर तिहारको उपलक्ष्यमा सडक कुकुरहरुलाई खाना खुवाएका छन् ।

आज यमपञ्चकको दोस्रो दिन युवाहरुको सामाजिक संस्था युथ अफ बिर्तामोडको अगुवाइमा सडक कुकुरहरुलाई खाना खुवाइएको सञ्जय बस्नेतले जानकारी दिए ।

बिर्तामोड आसपासमा रहेका करिब तीन सय कुकुरलाई द सेन्डविच पोइन्टको सहयोगमा खाना खुवाइएको हो ।

कुकुरलाई घृणा होइन माया गरौँ भन्ने नाराका साथ भेला भेला भएको १७ जना युवाले ब्यानरसहित बिर्तामोड क्षेत्रका कुकुरलाई खाना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer