२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका व्यवसायीले सुरु गरेको केराखेतीबाट पहिलो वर्षमै आम्दानी


बिर्तामोड, कात्तिक २९ । झापाको भद्रपुर गौरादहमा एक वर्षअघि सुरु गरिएको व्यावसायिक केराखेतीले पहिलो वर्ष नै मनग्गै आम्दानी दिएको छ ।

पाँचजना युवाले पाँच करोड रुपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले आशलाग्दो आम्दानी दिन थालेको हो ।

भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा क्षेत्रफलमा बासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले खेती सुरु गरेका हुन् । जग्गा भाडामा लिएर उनीहरुले श्रीगणपति एग्रिकल्चर प्रालिमार्फत केराखेती सुरु गरेका थिए ।

भद्रपुरको खेतीबाट पहिलो फसल यो दसैँ, तिहार र छठपर्वमा बजारमा पुगिसकेको छ । गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष बिर्तामोडका युवा व्यवसायी बासुदेव उप्रेतीले झापा टुडेलाई जानकारी दिए ।

भद्रपुरको खेतीमा पाक्न लागेको २८ हजार घरी केरा काठमाडौँ, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । प्रतिघरीको एक हजार २०० रुपैयाँमा केरा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र तीन करोड ३६ लाख रुपैयाँको पाकेको केरा बिक्री अर्का सञ्चालक बिर्तामोडका युवा व्यवसायी प्रेम खड्काले बताए ।

भद्रपुरका जग्गा वार्षिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहको जग्गा वार्षिक १० लाख रुपैयाँ भाडा तिर्ने सर्तमा कम्पनीले लिएको छ ।

अअिले भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराको बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएको हो । प्रतिबिरुवाको ३५ रुपैयाँसम्म लागत लागेको छ ।

एकपटक हुर्काइएको बिरुवाले पाँच वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । उन्नत जातको यो केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रै पाक्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer