२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका शिक्षासेवी नरेशमान धिमालको हृदयघातका कारण निधन


बिर्तामोड, कात्तिक २९ । झापा बिर्तामोडका पुराना बासिन्दा, शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ ।

बिर्तामोड अक्कलबस्तीमा टावर टेम्पल स्कुल सञ्चालन गर्दै आएका ६५ वर्षीय धिमाल आज बिहान घरमै अचानक लडेपछि अस्पताल लगिएको थियो ।

बिएन्डसी अस्पतालमा उनको उपचारकै क्रममा आज मध्यान्ह निधन भएको हो । चिकित्सकले धिमालको हृयदघातका कारण निधन भएको बताएका छन् ।

धिमाल समुदायका अग्रज उनी धिमाल जातीय विकास केन्द्रका संस्थापक थिए । उनी विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा सक्रिय थिए ।

स्वर्गीय धिमालका दुई छोरा राजीव र ज्योति तथा दुई छोरी रञ्जीता र सुनिता रहेका छन् । राजीव वीरता जेसीजका पूर्वअध्यक्ष हुन् भने ज्योति पुस्तक व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer