२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिरिङ खेलामा हुने छठ पूजाको तयारी अन्तिम चरणमा


बिर्तामोड, मसिंर १ । बिरिङ खोलामा हुँदै आएको छठ पूजाको तयारी अन्तिम चरणमा रहेको छठ समाज सेवा समिति बिर्तामोडले जनाएको छ ।

समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो दिने, बाँसको अस्थायी पुल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको अध्यक्ष रामेश्वर द्विवेदीले जानकारी दिए ।

त्यस्तै, करिब एक हजार ढाकी क्षमताको घाट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार सयभन्दा बढी पण्डालसहित सामुहिक छठ पूजाको तयारी गरिएको र एउटा पण्डालमा दुईवटा डाला रहने छन् ।

समितिकी वरिष्ठ उपाध्यक्ष तथा प्रचार संयोजक संगीता रौनियारका अनुसार छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन संस्थाका उपाध्यक्ष मनोज शाहको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरिएको छ ।

रौनियारको संयोजकत्वमा पाँच सदस्यीय प्रचार उपसमिति निर्माण गरिएको छ । शंकर भगतको संयोजकत्वमा घाट तथा बिजुली व्यवस्थापन उपसमिति, महासचिव अशोककुमार चौधरीको संयोजकत्वमा अर्थ उपसमिति, मनोज शाहको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम उपसमिति, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा शान्ति सुरक्षा उपसमिति र सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति निर्माण गरिएको अध्यक्ष द्विवेदीले जानकारी दिए ।

एक दशकदेखि गरिँदै आएको छठ पूजाको व्यवस्थापनमा छठ युवा फ्रन्ट र छठ महिला मञ्चको समेत सहभागिता रहने बताइएको छ । पत्रकार सम्मेलनमा समितिका निवर्तमान अध्यक्ष राजकुमार गुप्ता, पूर्वअध्यक्ष घनश्याम चौधरीलगायतले कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहने कार्यक्रममा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer