२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने बाल सञ्जाल झापाका सचिव पक्राउ


बिर्तामोड, मंसिर १ । नक्कली फेसबुक आइडी बनाएर महिलाको गोप्य अंगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरी दुरुपयोग गरेको आरोपमा एकजना किशोर पक्राउ परेका छन् ।

प्रहरीले झापा कमल गाउँपालिका–१ का १९ वर्षीय विनोद थापालाई पक्राउ गरेको हो । उनी जिल्ला बाल सञ्जालका सचिव तथा कमल बाल क्लबका अध्यक्ष हुन् ।

साइबर क्राइमको आरोपमा कात्तिक २६ गते उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुनविपरीतका क्रियाकलाप पोस्ट गरेको भन्ने उजुरीका आधारमा पाँच दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer