२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

आभास लामिछाने झापा एफसीको आइकोनिक खेलाडी


बिर्तामोड, मंसिर ३ । चर्चित नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिग (एनएसएल) को आइकोनिक खेलाडीका रुपमा झापा एफसीमा अनुबन्धित भएका छन् ।

आभासलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा आफूहरु उत्साही भएको झापा एफसीले जनाएको छ ।

आभासले नेपाली राष्ट्रिय टोलीबाट नौ खेल जितिसकेका छन् । पारिवारिक समस्याका कारण उनी विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा सहभागी हुन सकेका थिएनन् । आभासले झापा एफसीमा आबद्ध हुन पाउँदा आफू निकै उत्साही भएको बताएका छन् ।

झापा एफसीले स्पोर्टिङ इलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूआत गर्नेछ । नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer