२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कृष्णप्रसाद स्मृति कप: शनिश्चरे मावि सेमिफाइनलमा


बिर्तामोड, माघ ३ । शनिश्चरे मावि झापा अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा-१ को सिंहदेवी मावि अनुपस्थित भएपछि शनिश्चरे माविले सोझै सेमिफाइनलमा स्थान बनाएको हो । आयोजक महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बूले सिंहदेवीको अनुपस्थितिका कारण शनिश्चरेल वाकओभर पाएको घोषणा गरेका थिए ।

शनिश्चरेले वाकओभर पाए पनि महारानीगञ्ज माविको टोलीसँग शोम्याच खेलेको थियो । जसमा शनिश्चरे २-१ गोलअन्तरले पराजित भयो ।

प्रतियोगितामा बिहीबार अर्जुनधारा-५ को भानु मावि फूलबारीले अर्जुनधारा-४ को अर्जुनधारा मावि भाङबारीसँग तेस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

माघ १५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार र ट्रफी पाउने छ । सालबारी निवासी अरुणकुमार डाँगीले दिवंगत बुबाको स्मृतिमा आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer