२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

श्याम दनुवारले पाए फिफा रेफ्रीको ब्याज


बिर्तामोड, माघ ४ । सन् २०२४ का लागि फिफा रेफ्री सूचीमा परेका झापा अर्जुनधाराका श्याम दनुवारले फिफा रेफ्रीको ब्याज प्राप्त गरेका छन् ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापाका दनुवारलाई एक कार्यक्रमका बीच फिफा रेफ्रीको ब्याज प्रदान गरेको हो ।

झापा जिल्लाबाट फिफा रेफ्री बन्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका थिए ।

मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री रहँदै आएका थिए ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका दनुवार परेका थिए ।

अर्जुनधारा–६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए ।

चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।

झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer