२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणद्वारा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रममा इस्ट होराइजन उत्कृष्ट


मेचीनगर, माघ ७ । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा जिल्लामा रही नेपाली सेनासँग इमप्यानल्ड सम्झौता गरेका पाँचवटा विद्यालयहरुबीच खेलकुद तथा अन्य गतिविधि सम्पन्न गरेको छ ।

गणले सञ्चालन गरेको कार्यक्रममा समग्रमा धुलाबारीको इस्ट होराईजन मावि पहिलो भएको छ । इमप्यानल्ड स्कुल ट्रफी २०८० अन्तर्गत फुटबल, महिला भलिबल, हाजिरी जवाफ, स्पिच, प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो प्रतियोगिता अन्तर्गत स्पिचमा इस्ट होराइजन, हाजिरी जवाफमा एरा इभर ग्रिन इङ्गलिस बोर्डिङ स्कुल, महिला भलिबलमा झापा मोडेल इङ्गलिस सेकेन्डरी स्कुल, फुटबलमा इस्ट होराइजन प्रथम भएका थिए ।

गणले इस्ट होराइजन, एरा इभर ग्रिन, झापा मोडेल, टावर टेम्पल इङ्गलिस बोर्डिङ स्कुल, स्वस्तिका शिशु सदन माविलाई सहभागी गराएको थियो ।

कार्यक्रममा अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले प्रथम स्थान हासिल गर्न सफल विद्यालय तथा छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गणपति बस्न्यातले यस्ता प्रकारका कार्यक्रमले नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउने, विद्यार्थीलाई ब्यारेकको आभास दिलाउने र सानै उमेरदेखि प्रतियोगिताहरुमा भाग लिने बानीले उनीहरुको व्यक्तित्व विकास र आत्मभरोसा समेत वृद्धि हुँदै जाने धारणा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer