२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने


बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् ।

फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् ।

उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, महेशका गीतहरु नाच फिरिरी, माया बिरानी तथा अस्मिताका काले केटाले, बाबरी रङ, टाढा भए पनि गीत लोकप्रिय छन् ।

दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो ।

त्यस्तै, धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ ।

झापा गोल्डकपको छैटौँ संस्करण पर्सि फागुन १९ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer