२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडकी इशा नेपाल आइडलको टप १६ मा


बिर्तामोड, चैत २६ । झापा बिर्तामोडकी इशा सुवेदी नेपाल आइडल सिजन ५ को टप १६ मा प्रवेश गरेकी छन् ।

इशा एपीवान टेलिभिजनमार्फत प्रशारण भइरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् ।

बिर्तामोडको वाल्मीकि प्रोभिडेन्स कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया सुवेदी सानैदेखि संगीत क्षेत्रमा झुकाव राख्दै आएकी थिइन् ।

बुवा जीवन सुवेदीले इशाले गरेको मेहनतले आफूहरु उत्साहित भएको बताए । नेपाल आइडलको सिजन ५ को टप १६ मा पुगेकी इशा कोशी प्रदेशकै एक्ली झापाली चेली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer