२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कमलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


दमक, बैशाख २ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो राति ११ः३० बजेको समयमा कमल गाउँपालिका वडा नम्बर ३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा. ६४ प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बू गभीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि बसेका सोही ठाउँ बस्ने १५ वर्षीय विपल नेपालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer