२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा मकैसँगै बोट बिक्री भएपछि किसान उत्साहित


बिर्तामोड, बैशाख ३ । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले मकैसँगै बोट पनि खरिद गर्न थालेका छन् ।

व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको मकै र बोट उनीहरुले किन्न थालेपछि किसान उत्साहित भएका हुन् ।

अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित भएका छन् । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले साइलेस बनाउन बोटै खरिद गरेपछि उनी उत्साहित भएका हुन् ।

ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नंग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताए । उनले यसपालि पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी साढे चार रुपैयाँका दरले ११ हजार केजी खेतबाट बिक्री गरेको जानकारी दिए ।

मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाए । उनले अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको बताए ।

साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताए । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ ।

साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् । झापामा ४४ हजार २५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer