२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको कनकाई नहरमा डुबेर बालकको मृत्यु


बिर्तामोड, बैशाख ३ । झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शिवसताक्षी- ७ स्थितमा कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेका थिए ।

मृतक बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाएको छ  । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer