२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलबाट मोटरसाइकल चोरी गर्ने मोरङका युवक पक्राउ


बिर्तामोड, बैशाख ३ । झापाको कचनकवलबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपक मर्डी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यही चैत २८ गते कचनकवल गाउँपालिका–१ घेराबरीका ६० वर्षीय नरेन्द्र चोङबाङको प्रदेश १–०१–०१३ प ६२८१ नम्बरको सुपर स्पेन्डर मोटरसाइकल चोरी गरेर मर्डी फरार भएका थिए ।

उनलाई प्रहरीले आइतबार दिउँसो कनकाई नगरपालिका–२ स्थित सेल्फीडाँडाबाट पक्राउ गरेको हो ।

मोटरसाइकलसहित पक्राउ परेका मर्डीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer