२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कमलको टंक राई स्मृति भेट्रान फुटबल बैशाख ७ गतेदेखि


दमक, बैशाख ४ । छैटौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

दमक–लखनपुर भेट्रान क्लबको आयोजनामा बैशाख ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको क्लबले जनाएको छ ।

कमल-५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहने जनाइएको छ ।

क्लबले दमकमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । क्लबका अध्यक्ष दिवस राईका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५, ट्रफी तथा प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगितामा विद्यागत पुरस्कारहरु समेत वितरण गरिने जनाएको छ ।

पुरस्कारमध्ये पहिलो पुरस्कार स्वर्गीय टंक राईका परिवारले र दोस्रो पुरस्कार क्याप्टेन अजेन तुम्बापोले आफ्ना मातापितााको नाममा प्रायोजन गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्लबका खेल संयोजक मीन मगर, क्याप्टेन अजेन तुम्बापो, कोषाध्यक्ष लक्ष्मण मादेन लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

२०६९ सालदेखि सुरु भएको प्रतियोगिता कोभिड लगायतका कारण विगत चार वर्ष भने सञ्चालनमा आउन सकेको थिएन ।कोभिडपछि यस वर्ष भने निकै उत्साह र खेलप्रेमी, संघसंस्थाहरुको सहयोगबाट आयोजना हुन लागेको अध्यक्ष राईले जनाएका छन् ।

पत्रकार सम्मेलनमा क्लबका सहसचिव सुवास आङथुपो, टिम म्यानेजर बिजु श्रेष्ठ, टिम व्यवस्थापक सुशील श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल काँकरभिट्टा भेट्रान र झिलझिले भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजकसहित धरान, इटहरी, काँकरभिट्टा, रामधुनी, इलाम, बिर्तामोड, झिलझिले, राजरानी, चन्द्रगढी, उर्लाबारी, दुधे, धाइजन, कनकाई, युनाइटेड, विराट, एभरेस्ट भेट्रान लगायतका क्लबहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer