२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर–सलकपुर सडक कालोपत्र गरिँदै


बिर्तामोड, बैशाख ४ । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि करसहित २६ करोड ६९ लाख ३३ हजार ८२८ रुपैयाँमा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको जानकारी दिए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer