२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ


मेचीनगर, बैशाख ४ । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको पानीट्याङ्कीबाट सिटी सफारी चढेर आइरहेको अवस्थामा ताप्लेजुङ फक्ताङलुङ–५ तापेथोकका २५ वर्षीय विशाल लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले शरीर जाँच गर्दा झोलाको भित्रपट्टि कपडामा प्वाल बनाई प्लास्टिकको पोका पारेर ल्याएको २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेट्टाएको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer