२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

डक्टर रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’


भद्रपुर, बैशाख ४ । नेत्ररोग विशेषज्ञ डक्टर सन्दुक रुइतलाई मंगलबार झापाको भद्रपुरमा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले हस्तातरण गरेका हुन् । पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

उक्त पुरस्कार पाउने रुइत दोस्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सविन बाँस्कोटालाई प्रदान गरियो ।

यो पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ छ । १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबोट, ड्रोन, मोटरसाइकल, साइकललगायतका सामग्री बनाएका छन् ।

प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै विभिन्न विधामा पुरस्कृत गर्दै आएको अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer