२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ल्याइँदै गरेको सखुवासहित यात्रुबाहक बस दानाबारीमा प्रहरी नियन्त्रणमा


बिर्तामोड, बैशाख ५ । प्रहरीले इलामबाट झापा ल्याइँदै गरेको काठसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ ।

इलामको दानाबारी प्रहरीको टोलीले मंगलबार मे.१ ख ३१६४ नम्बरको बसबाट सखुवा जातको काठ बरामद गरेको हो ।

सब–डिभिजन वन कार्यालय दानाबारीका अनुसार बसबाट १८.३ किबी सखुवाको काठ बरामद भएको छ ।

बसमा अवैध रुपमा काठ चोरी निकासी भइरहेको सूचना पाएपछि प्रहरीले बस जाँच गरेको थियो ।

बरामद काठ र बस अहिले सब–डिभिजन कार्यालय चुलाचुलीमा राखिएको दानाबारी डिभिजनका जमदार गणेश नेपालले जानकारी दिए ।

उनका अनुसार दानाबारीमा राख्ने ठाउँ अभावका कारण चुलाचुली डिभिजनमा काठ र बस पठाइएको हो ।

बरामद काठबारे आवश्यक अनुसन्धान भइरहेको छ । बुधबार सार्वजनिक बिदा भएका कारण बिहीबार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने नेपालले बताए ।

‘हिजो कागज पत्र हेर्दा समय बित्यो, बुधबार बिदा भएकाले कारबाही अघि बढेको छैन, बिहीबार मुद्दा चलाउने तयारी भइरहेको छ,’ नेपालले भने ।

मंगलबार प्रहरीले नियन्त्रणमा लिएको उक्त गाडी माई नगरपालिका–६ का गणेश नेम्वाङको रहेको खुलेको छ ।

-आयोमेलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer