२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

अन्डर-१३ फुटबलको प्रदेश छनोटमा इस्ट होराइजनका पाँच खेलाडी


मेचीनगर, बैशाख ५ । अन्डर-१३ फुटबलको कोशी प्रदेशस्तरीय छनोटमा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविबाट पाँचजना खेलाडी छानिएका छन् ।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको इस्ट होराइजनका पाँचजना छात्र (पुरुष) खेलाडी केन्द्रको लागि धरानमा भएको छनोट प्रतियोगितामा छानिएको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

विद्यालयबाट छनोट भएका खेलाडीहरुमा कृतेस बुढाथोकी, निर्जल मोहोरा, नयन प्रधान, जोनव लिम्बू र कौशल थापा रहेका छन् ।

चैत २९ र ३० गते भएको छनोटमा झापाबाट ३२ जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेशबाट भने २०२ जना छात्रहरु छानिएका छन् ।

अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार अन्तिम चरणको छनोट कार्यक्रम आजदेखि बैशाख ८ गतेसम्म च्यासल रंगशालामा हुने संघका कोशी महासचिव भगिरथ आले मामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer